१७ बैशाख २०८१, सोमबार

आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा आराधना गरेर मनाइँदै

प्रकाशित मिति :  16 October, 2023 8:18 am


काठमाडौँ । बडादशैंको दोस्रो दिन आज ९सोमवार० आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गरेर मनाइँदैछ। 

तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । 

माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता रही आएको छ। 

आज विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन रहीआएको छ।

दूर्गा मन्त्र–

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।

तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति। चतुर्थकम्।।

पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।

सप्तमं कालरात्रीति।महागौरीति चाष्टमम्।।

नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।



प्रतिक्रिया दिनुहोस !