६ जेष्ठ २०८१, आइतबार

रोल्पामा क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु

प्रकाशित मिति :  28 April, 2020 1:53 pm


 

रोल्पा,१६ वैशाख ।

रोल्पा माडी गाँउपालिका वडा नम्बर-२ परिवाङमा रहेको क्वारेन्टाइनमा एकजनाको मृत्यु भएको छ ।

माडी गाँउपालिका अध्यक्ष नन्दबहादुर पुनले काठमाण्डौं इट्टा भट्टाबाट आएका एकजनाको मृत्यु भएको जानकारी दिए ।

उनी काठमाण्डौंबाट ५ दिन अघि रोल्पा फर्किएका थिए । उनलाई दमको रोग रहेको परिवारले बताएका छन् ।

उनलाई विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । उनको गएराति ११ बजेतिर मृत्यु भएको अध्यक्ष पुनले जानकारी दिए ।

मृतक ६२ बर्षीय पुरुषको स्वाब परीक्षणका गर्न पठाउने तयारी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !