१७ बैशाख २०८१, सोमबार

एनसेलका ३५ सय बढी ग्राहकले पाए रु १०० बोनस

प्रकाशित मिति :  20 October, 2023 2:42 pm


काठमाडौँ । एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३५ सय भन्दाबढी ग्राहकहरुलाई शुक्रवार जनही रु १०० बोनस ब्यालेन्स पाएका छन्।

एनसेल आजियाटा लिमिटेडकोे १८ औं वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सञ्चालनमा ल्याइएको यो योजनामा ग्राहकहरुलाई बोनस ब्यालेन्स प्रदान गरिएको हो ।

भाद्र ३१ देखि २८ दिनसम्म संचालनमा रहेको योजनामा हरेक दिन ग्राहकलाई कुनै न कुनै उपहार प्रदान गरिएको थियो । यसरी प्रदान गरिएका उपहारहरुमा निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टक टाइम र एसएमएस रहेका थिए ।

दैनिक उपहार बाहेक, प्रत्येक हप्ता अनलाइनमार्फत एनसेलका बारेमा उत्कृष्ट नारा पठाउने ग्राहकहरु रु. १०० बोनस ब्यालेन्सका लागि छानिएका थिए ।

विजेता ग्राहकहरूले बोनस ब्यालेन्स सामान्य मेन ब्यालेन्स रकम जस्तै गरि एनसेलका सेवाहरू प्रयोग गर्न उपयोग गर्न सक्छन् । साप्ताहिक रुपमा रु. १०० बोनस ब्यालेन्स र बम्पर पुरस्कार जित्नका लागि योग्य हुन ग्राहकहरुले एनसेलका बारेमा नारा पठाउन पर्ने सर्त रहेको थियो ।

एनसेलले छिटै नै सात जना भाग्यशाली बम्पर पुरस्कार विजेता ग्राहकहरुको पनि घोषणा गर्ने जनाएको छ। योजनाको बम्पर पुरस्कारको रूपमा सात जना ग्राहकहरुले एक–एक स्कुटर जित्नेछन् ।

४५ हजार भन्दा बढी नाराहरु पठाई यो योजनालाई बृहद रुपमा सफल बनाउन योगदान पुर्याएकोमा एनसेलले विज्ञप्ति जारी गर्दै धन्यवाद ज्ञापन गरेको छ।



प्रतिक्रिया दिनुहोस !