६ जेष्ठ २०८१, आइतबार

भारतबाट आएर क्वारेन्टाइन बसेका २ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमित संख्या ५४ पुग्यो

प्रकाशित मिति :  28 April, 2020 5:23 pm


काठमाण्डौं, १६ वैशाख ।

सरकारले थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले रौतहटका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी लिए ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेकामा कोरोना संक्रमण देखिएको देवकोटाको भनाई छ ।

उनीहरुलाई थप उपचारका लागि अस्पताल लगिदैछ । यो संगै अब कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । ५४ जनामध्य १६ जना भने उपचारपछि घर फर्किसकेका छन् ।

मन्त्रालयले आजसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना भाइरस परीक्षण गरेको जनाएको छ । १० हजार ८ सय ७ को पिसीआर प्रविधिबाट र ४४ हजार १९ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ हजार १ सय ९३ जनाको परीक्षण भएको छ । देशभर क्वारेन्टाइनमा २२ हजार ९९ जना रहेको मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता देवकोटाले बताए।

प्रवक्ता देवकोटाले सिमा नाका बन्द भए पनि भारतबाट लुकेर मानिसहरु आइरहेको बताए। लुकेर आउने र लकडाउनमा बस्न नमान्नेलाई सरकारले कारवाही गर्ने प्रवक्ता देवकोटाले चेतावनी समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !