१५ चैत्र २०८०, बिहिबार

रुकुम पूर्वमा सांसद रोकाद्धारा सरोकार निकायसँग छलफल,कोरोनाबाट बच्न र सजकता अपनाउन आग्रह

प्रकाशित मिति :  28 April, 2020 7:12 pm


नायगाडमा भएको अन्तरक्रिया कार्यक्रममा कुरा राख्दै संघीय सांसद तथा पूर्वमन्त्री कमला रोका

रुकुम पूर्व, १६ वैशाख ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य कमला रोकाले रुकुम पूर्वको सिस्ने गाउँपालिका-२ प्वाङ नायगाडमा सरोकारवाला निकायसँग छलफल गरेकी छन् ।

कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री लिएर गृह जिल्ला रुकुम (पूर्व) पुगेकी सांसद रोकाले कारोना भाइरसको संक्रमण र सुरक्षाबारे सरोकारवाला पक्ष, जनतासगँ भेटघाट तथा छलफल गरेकी हुन् ।

कार्यक्रममा सांसद रोकाले कोरोना भाइरसबाट बच्न र सजकता अपनाउन सबैलाई आग्रह गरेकी छिन् ।

छलफलका क्रममा विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला सरकारले गरेको लकडाउनको पालना गर्नुपर्ने उनको जोड थियो ।

छलफलका क्रममा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका उपाय, सरकारले गरेको निर्णय कार्यान्वयन, नागरिकहरुको जनजीवनको समस्या, विकास निर्माण, स्वास्थ सामाग्रीको अस्था लगायतको विषयमा छलफल गरेको सांसद रोकाले जानकारी दिईन् ।

छलफल कार्यक्रममा पूर्वमन्त्री समेत रहेकी सांसद रोका सहित जिल्ला समन्य समिति उप-प्रमुख, सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बराल, नेकपा प्रदेश कमिटी सदस्यहरु कृष्ण रेग्मी, टोप बहादुर वली लगायतको पनि उस्थिति थियो ।

स्वास्थ्य सामाग्रीको अभावमा रुकुम पूर्वमा ढिलो कोरोना परीक्षण सुरु भएपछि सांसद रोका आफै आवश्यक स्वास्थ्य सामाग्री लिएर गृह जिल्ला रुकुम पूर्व पुगेकी हुन् ।

सांसद रोकाको पहलमा पुथा उत्तरगंगामा ५ थान थर्मल गन,सेनीटाइजर ३० वटा, पीपीई १३ थान र मास्क १ हजार थान, भूमे गाँउपालिकालाई थर्मल गन,३ थान,सेनीटाइजर ३० वटा,पीपीई ११ थान र मास्क १ हजार थान वितरण गरिएको थियो ।

त्यस्तै सिस्ने गाँउपालिकालाई थर्मलगन ३ थान,सेनिटाइजर ३० वटा, पीपीई ११ थान र मास्क १ हजार थान वितरण भएको छ ।

जिल्ला अस्पताललाई पनि थर्मल गन १ थान र पीपीई ५ थान तथा जिल्ला प्रहरी कार्यालयलाई थर्मल गन २ थान,सेनीटाइजर ५ वटा र मास्क ५० पिस उपलब्ध गराईएको थियो ।



प्रतिक्रिया दिनुहोस !