१९ बैशाख २०८१, बुधबार

राप्ती गाउँपालिकामा प्लाष्टिकजन्य फूल, पत्रुखाना र कोल्ड डिङ्स प्रतिवन्ध, स्थानीय प्रयाेग गर्न आव्हान

प्रकाशित मिति :  1 November, 2023 8:00 am


देउखुरी । दाङको राप्ती गाउँपालिकामा प्लाष्टिकजन्य, रवरजन्य, खादा, माला, फूल तथा कोल्ड ड्रिङ्स, जङक फुड (पत्रु खाना) लगायतका वस्तु प्रतिवन्ध गरेको छ ।

पालिकाले चालू आर्थिक वर्षदेखि प्रतिवन्ध लगाउन निर्णयको कडाइकासाथ कार्यन्वयन गर्ने जनाएको छ । स्थानीय प्राकृतिक पुष्प माला, दुग्धजन्य पदार्थ प्रयोग गर्न आव्हान गरेको हो।

मंगलवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले भनेको छ, “आउदै गरेको तिहारको अवसरमा प्लाष्टिकजन्य, फुल, माला विक्री वितरण नगर्न, नगराउनुहुन सम्पूर्ण वर्ग तथा आम सर्वधारणमा अनुरोध गरिन्छ।”

विवाह, ब्रतवन्ध, भोज, भतेर, वनभोज स्थल, सार्वजनिक स्थलहरुमा प्लाष्टिकका थाल, कप, प्लेट, चम्चाहरुको प्रयोग गर्नुको सट्टा साल, मालुका लगायतका पातहरुबाट निर्मित दुना, टपरी तथा काठका चम्चाहरु प्रयोग गर्न पालिकाले अनुरोध गरेको छ।

पालिका अध्यक्ष प्रकाश विष्टद्वार हस्ताक्षरित सूचनामा राप्ती गाउँपालिकामा व्यवसायीक पुष्प खेति गर्ने कृषकहरुको विवरणसमेत सार्वजनिक गरिएको छ ।

राप्तीसँगै सीमा जाेडिएकाे लमही नगरपालिका र दाङकै अर्काे तुलसीपुर नगरपालिकाले प्लास्टिकजन्य फूलमाला बिक्री-वितरण तथा भण्डारण गर्नेलाई राेक लगाउइसकेकाे छ। तुलसीपुरले बजार अनुगमन गरी यस्ता सामान जफत पनि गर्न थालेकाे छ।

नगढी उपमहानगरपालिका लगायतले पनि स्वदेशी पुष्प प्रवर्द्धन गर्न प्लाष्ट्रिकजन्य र आयातित पुष्प प्रयाेग निषेध गरिरहेका छन्।

राप्ती गाउँपालिकाले सार्वजनिक गरेकाे पुष्प किसानकाे विवरणः



प्रतिक्रिया दिनुहोस !