हरितालिका तीजमा पशुपतिनाथमा महिला भक्तजनको घुइँचो (फोटो फिचर)
प्रकाशित मिति : 14 September, 2026 10:34 am
काठमाडौँ । हरितालिका तीजको अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरमा महिला भक्तजनको घुइँचो लागेको छ।
बिहानैदेखि पशुपति क्षेत्रमा पुगेका महिलाहरूले भगवान् शिवको पूजा–आराधना तथा दर्शन गरेका छन्। उनीहरूले मन्दिरमा फूल, अक्षता, फलफूललगायत पूजाका सामग्री चढाउँदै शिवको पूजा तथा प्रार्थना गरेका थिए।
तीजको अवसरमा कतिपय महिलाहरू व्रत बसेर शिवको आराधनामा सहभागी भएका थिए भने केहीले तीजका गीत गाउँदै तथा नाच्दै पर्व मनाएका थिए।
हरितालिका तीजमा विवाहित तथा अविवाहित महिलाले भगवान् शिवको पूजा–आराधना गरी सुख, शान्ति र समृद्धिको कामना गर्ने धार्मिक परम्परा छ।





















तस्बिरहरू : नेपाल फोटो सर्भिस









