२ जेष्ठ २०८१, बुधबार

भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको निःशुल्क टेलिफोन सेवा

प्रकाशित मिति :  4 November, 2023 4:37 pm


काठमाडौँ । सरकारले भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ।

नेपाल टेलिकमले पाँच दिनका लागि जाजरकोट, रूकुम पश्चिम र रूकुम पूर्वमा निःशुल्क भ्वाइस, एसएमएस र उद्धार क्षेत्रमा सूचना आदान प्रदान गर्न आवश्कयताअनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा प्रदान गर्ने निर्णय गरेको हो ।

जसअनुसार यी तीन जिल्लामा रहेका टावरमार्फत् प्रवाह हुने जुनसुकै ठाउँबाट जारी भएका टेलिफोनमा पनि निःशुल्क टेलिफोन र एमएमएस गर्न सकिने छ ।

भूकम्प प्रभावित क्षेत्रमा टेलिकमले पाँच दिनसम्म निःशुल्क सिम पनि उपलब्ध गराउने भएको छ। नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले विज्ञप्ति जारी गरी यस विषम परिस्थितिमा नेपाल टेलिकमले आफ्नो कर्तव्यबोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरूलाई नियमित रूपमा सुचारू राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस !