१ जेष्ठ २०८१, मंगलबार

जावलाखेलको गोदावरी मेला आज अन्तिम दिन, टिकटबाट संकलित रकमको ५० प्रतिशत भूकम्प पीडितलाई उपलब्ध गराइने

प्रकाशित मिति :  5 November, 2023 8:09 am


काठमाडौँ । ललितपुरको जावलाखेलमा गत मंगलवारदेखि जारी गोदावरी फूल मेला आज पनि सञ्चालन हुने भएकाे छ। उपभोक्ताको माग बढेकाले मेला आइतवारसम्म लम्व्याइएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।

आइतवार मेलामा टिकट विक्रीबाट उठेको रकमको ५० प्रतिशत रकम जाजगरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि उपलब्ध गराइने एसोसिएसनले जनाएको छ ।

प्रदर्शनीमा व्यवसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल २, फ्लावर सजावट स्टल २ र सूचनामूलक ५ लगायत गरी ७० वटा स्टल रहेका छन् । यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।



प्रतिक्रिया दिनुहोस !