१ पुस २०८२, मंगलबार

भाइटीकाको शुभ साइत सार्वजनिक, हेर्नुस् कुन समयमा छ ?

प्रकाशित मिति :  6 November, 2023 3:57 pm


काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।

समितिको आज (साेमबार)बसेको बैठकले यही कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

साथै यस वर्ष कार्तिक २६ गते लक्ष्मी पुजा, कार्तिक २८ गते गोबर्दन पुजा, र कार्तिक २९ गते भाइटीका रहेको छ ।



प्रतिक्रिया दिनुहोस !