२० बैशाख २०८१, बिहिबार

भाइटिका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता, प्रथम हुनेले १ लाख जित्ने

प्रकाशित मिति :  6 November, 2023 9:20 pm


काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले चलचित्र मार्फत दाजू–बहिनी, दिदि–भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाईटिकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गर्ने भएको छ।

प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबै ईच्छुक व्यक्ति वा समुहले भाग लिन सक्ने एनसेलले जनाएको छ। 

प्रतियोगितामा सहभागी हुन ईच्छुक सबैले दिदी–भाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखि ५ मिनेटको भिडियो अर्थात चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्दछ । 

भिडियोको कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गरी ‘हामी तपाईंकै लागि’ विषयवस्तुको वरिपरी घुमेको हुनुपर्ने जनाइएको छ । 

प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समुहले रु १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् भने दोस्रो हुनेले रु ७५ हजार र तेश्रो हुनेले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । 

सहभागी हुन ईच्छुकहरुको प्रतिक्रिया र अनुरोधका आधारमा यस प्रतियोगिताको भिडियो बुझाउने मिति कार्तिक २३ गतेसम्म थप गरिएको जनाइएको छ।  जानकारी तथा सर्तहरुका बारेमा एनसेलको वेबसाइटमार्फत जानकारी लिन सकिन्छ ।

यस प्रतियोगिताका विजेताहरु कार्तिक २९ गते भाईटिकाको दिन घोषणा गरिनेछ । प्राप्त सबै भिडियोहरु मध्ये छानिएका भिडियोहरु भाईटिकाको दिन एनसेलको सोसल मिडिया प्लेटफर्महरुमार्फत सार्वजनिक गरिने भएको छ। 

निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह, मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालको निर्माता साहाना बज्राचार्य र फिल्म निर्माता अविन भोको एक निर्णायक मण्डलले यस प्रतियोगितामा प्राप्त भिडियोहरुको समिक्षा र मुल्यांङकन गर्ने एनसेलले जनाएकाे छ।



प्रतिक्रिया दिनुहोस !