१२ श्रावण २०८१, शनिबार

आगामी तीन दिनसम्म माैसम सामान्यतया सफा रहने, उच्च पहाड र हिमालमा हल्का वर्षा र हिमपातकाे सम्भावना

प्रकाशित मिति :  7 November, 2023 8:04 am


काठमाडाैँ। आगामी तीन दिनसम्म माैसम सामान्यतया सफा रहने भएकाे छ। देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।

देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएकाे छ।

चिसाे बढिरेकाले सचेत रहन विभागले अनुराेध गरेकाे छ ।



प्रतिक्रिया दिनुहोस !