२४ बैशाख २०८१, सोमबार

पाल्पाको भूतखोलामा डुबेर एकको मृत्यु

प्रकाशित मिति :  7 November, 2023 2:29 pm


संकेतिक फाइल फोटो

काठमाडौँ । पाल्पाको भुतखोलामा घुम्न गएका रुपन्देहीका २२ वर्षीय युवकको डुबेर मृत्यु भएको छ।

आज (मंगलबार) बिहान तिनाउ गाउँपालिका वडा नम्बर ३ भुतखोलामा डुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का विमल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।

आचार्य भैरहवाकै साथी युना दाहालसँग पाल्पामा घुम्न गएका थिए। भुतखोलामा उनीहरू दुबै जना पुगेको प्रहरीले जनाएको छ। डिएसपी श्रेष्ठका अनुसार आचार्य र दाहाल दुबै जनाको उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदा चिकित्सकले आचार्यलाई मृत घोषणा गरेको थियो।

दाहालको बुटवल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !