१६ बैशाख २०८१, आइतबार

बीई/बीआर्क प्रवेश परीक्षाको नतिजा सार्वजनिक, यसरी हुर्नुहास्

प्रकाशित मिति :  8 November, 2023 8:37 am


काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ) ले स्नातक तह बीआई/बीआर्क प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत कात्तिक १४ देखि २० गतेसम्म सञ्चालिक परीक्षाको नतिजा  सार्वजनिक गरिएको हो । 

सूचना तथा सञ्चार प्रविधि केन्द्र पुल्चोक र पश्चिमाञ्चल क्याम्पस, पोखरा गरी दुई स्थानमा भएको परीक्षामा ९ हजार ७७१ जना मात्र सहभागी भएकोमा ६ हजार ७२१ प्रवेश परीक्षामा उत्तीर्ण भएको आईओई प्रवेश परीक्षा बोर्डले जनाएको छ । 

अब उत्तीर्ण परीक्षार्थीमध्ये पाँच ओटा आङ्गिक क्याम्पसमा २ हजार ४० जना र सम्बन्धनप्राप्त १० कलेजहरूमा २ हजार ३०४ जना गरी जम्मा चार हजार ३४४ जना विद्यार्थीले इन्जिनियरिङ्ग अध्ययन गर्न पाउने व्यवस्था छ । 

रिजेल्ट हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !