२२ बैशाख २०८१, शनिबार

स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

प्रकाशित मिति :  8 November, 2023 2:45 pm


काठमाडौँ । स्याङ्जाको पुतलीबजार नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

हिजाे(मंगलबार) दिउँसो ४: ३० बजे पुतलीबजार नगरपालिका वडा नम्बर १३ हटिया स्थित भित्रि सडक खण्डमा ग .१० प. ४७५९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग .२१प. १५०९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा तीन जान घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पावलसिंह लामाले जानकारी दिए ।

घाइते हुनेमा पुतलीबजार नगरपालिकाका वडा नम्बर १० बस्ने २५ वर्षका सन्तोष कोइराला, सोही ठाउँमा बस्ने २८ वर्षका सफल थापा र ३५ वर्षे अशोक तिवारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

तीनै जनाकाे अवस्था खतरामुक्त रहेको र दुवै मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !