३ पुस २०८२, बिहिबार

महोत्तरीबाट बेपत्ता भएका ५ किशोरी ढल्केबरमा भेटिए

प्रकाशित मिति :  9 November, 2023 11:48 am


काठमाडौं । महोत्तरीको औरही नगरपालिका(२ बाट बेपत्ता भएका ५ किशोरी धनुषाको ढल्केबरमा फेला परेका छन् ।

मंगलबार बिहानबाटै औरही नगरपालिका २ की १६ वर्षीया वसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षिया संगीता सदा, १५ वर्षिया राजन सदा, २० वर्षीया रुबी सदा बेपत्ता भएका थिए ।

उनीहरुलाई बाहिर जान लागेका बेला स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएका छन् । अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ ।

‘प्रहरीकाअनुसार उनीहरुले राति कहाँ बसेको र कता जान लागेको भनी सोध्दा घुम्न हिँडेको मात्र भनिरहेका छन् यस विषयमा थप अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !