२५ बैशाख २०८१, मंगलबार

विश्वकप क्रिकेट: उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै

प्रकाशित मिति :  19 November, 2023 8:33 am


काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधिका लागि आइतबार भारत र अष्ट्रेलिया भिड्दै छन् ।

यसपटकको आयोजक समेत रहेको भारतले फाइनल पुग्ने क्रममा अपराजित यात्रा गरेको थियो । १० मध्ये १० वटै खेल जितेको भारत अपराजित यात्रालाई निरन्तरता दिदै उपाधी जित्ने होडमा छ । यस्तै लिग चरणमा सुरुवाती दुई खेलमा हार ब्यहोरेको अष्ट्रेलियाले त्यसयताको खेलहरु निरन्तर जित्दै फाइनलमा पुगेको थियो ।

अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुने फाइनल खेलको भिडन्त रोचक हुने खेलप्रेमीको अनुमान छ ।

पहिलो सेमिफाइनलमा भारतले न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै भारतसँग फाइनल यात्रा तय गरेको थियो ।

एकदिवसीय विश्वकप क्रिकेटको सर्वाधिक सफल अष्ट्रेलियाले कीर्तिमानी पाँच पटक उपाधि जितेको छ भने भारतले दुई पटक उपाधि जितेको छ ।

यसअघि सन् २००३ मा यी दुई टोली फाइनलमा भिड्दा अष्ट्रेलियाले जित हात पारेको थियो ।



प्रतिक्रिया दिनुहोस !