३ जेष्ठ २०८१, बिहिबार

टिकटक प्रयोग भएको पाइए खबर गर्न दुरसञ्चार प्राधिकरणको अनुरोध

प्रकाशित मिति :  20 November, 2023 8:02 am


काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणले टिकटक प्रयोग भएको पाइएमा प्रधिकरणमा जानकारी गराउन अनुरोध गरेको छ ।

सामाजिक संजालका रुपमा प्रयोग भइरहेको टिकटकमा माध्यमबाट सामाजिक सद्भाव तथा सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै सरकारले नेपालमा तत्कालका लागि टिकटक रोक लगाउने निर्णय गरेका थियो ।

सरकारले प्रतिबन्ध लगाएपछि दूरसञ्चारले उक्त निर्णय कार्यान्वयन गराएको छ । नेपालमा अझै पनि टिकटकको प्रयोग भइरहेको हुनसक्ने भन्दै प्राधिकरणले [email protected] मा जानकारी अनुराेध गरेकाे छ ।



प्रतिक्रिया दिनुहोस !