२० कार्तिक २०८१, मंगलबार

थोरै स्रोतसाधनमा धेरै गर्ने प्रयास गर्दैछौँ: भीरकाेट नगरप्रमुख कर्मचार्य [अन्तर्वार्ता]

प्रकाशित मिति :  22 November, 2023 2:16 pm


गण्डकी प्रदेश स्याङ्जा जिल्लाको पहाडी भेगमा अवस्थित भीरकोट नगरपालिका सदरमुकाम बयरघारी समुन्द्रिक सतहबाट करिब ७३० मिटर उचाइमा छ । यो नगरपालिकाको पूर्वमा विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिका, पश्चिममा पर्वत जिल्ला, उत्तरमा अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार नगरपालिका तथा दक्षिणमा वालिङ नगरपालिकालसँग सिमाना जोडिएको छ ।

मध्यकालीन आँधिखोलाको सभ्यताभित्र भीरकोट राज्यको स्थापना विसं १४७५ देखि १५०० को बिचमा भएको थियो । स्याङ्जाको इतिहासमा नुवाकोट, सतहुँकोट गह्रौंकोटमध्ये भीरकोटलाई प्राचीन ऐतिहासिक किल्ला र कोट मानिएको पाइन्छ । उहिले आँधिखोलादेखि पश्चिम खिलुङ्ग भन्ने स्थानलाई जैन खाँनले बस्ती बसालेका र त्यसैको निकट भीरकोट शीतल हावाचल्ने ठाँउमा घर, मन्दिर, निर्माण गरी कोटघरको रचनाका साथ ठकुरीहरूले राज्य चलाएको पाइन्छ । यस नगरपालिकाका सम्भावना,चुनौती र अन्य समसामयिक विषयहरू बारे भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्दकुमार कर्मचार्यसँग लुम्बिनी सञ्चारले गरेको कुराकानीको सम्पादित अंश :
भिडियाे लिंकः https://fb.watch/otCGnBR4wC/

भीरकोट नगरपालिकाको प्रमुखमा निर्वाचित भएर आएपछि यो डेढ वर्षको अवधिमा भएका प्रमुख काम के के हुन् ?
भीरकोट नगरपालिका विशेषगरि गाउँ र पहाडले घेरिएको नगरपालिका हो । म नगरप्रमुखको जिम्मेवारी बहन गरेपछि यहाँको सडक, शिक्षादेखि विभिन्न किसिम्मको समस्याहरूलाई मध्यनजर गरेको छु । त्यी समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर दत्तचित्त भएर लागेको छु । त्यतिमात्रा नभएर यहाँ स्वास्थ्य, खानेपानी, कृषिदेखि विभिन्न समस्या त्यस्तै खालको छ । त्यसले गर्दा मेरो मुख्य उद्देश्य भनेको पहिला त नगरपालिकाभित्र रहेका सडकको स्तरउन्नती गर्नेदेखि नयाँ सडक खोल्ने र सडकलाई कसरी राम्रो गराउन सकिन्छ भनेर त्यही तरिकाले अघि बढेको छु ।

नगरप्रमुखको जिम्मेवारी वहन गरिसकेपछि यहाँभित्र काम गर्दा चुनौती र समस्याहरू के कस्ता पाउनुभयो ?

हाम्रो लागि मुख्य समस्या भनेको आर्थिकको पाटो नै हो । राज्यबाट थोरै बजेट आउँछ त्यसले गर्दा जनताले भने जस्तो काम र विकास एकै पटक गर्न सक्षम छैनाैँ ।

नगरपालिकामा विकास गर्नको लागि अवरोध गर्ने भनेको आर्थिक पाटोले नै हो । यो नगरपालिकाको नगरप्रमुखको रूपमा निर्वाचित भएको पहिलो पटक नै हो तर समाजको विकासको लागि काम गरेको धेरै वर्ष भएको छ । मैले २५ वर्षको उमेरदेखि सामाजिक क्षेत्रमा काम गरेको छु ।

त्यस्तै विगतमा वडा अध्यक्षदेखि उपप्रधानपन्च, बहुदलीय व्यवस्था आइसकेपछि गाविस अध्यक्ष भएको व्यक्ति हो । त्यसकारण काम गर्ने विषयमा मलाई कुनै समस्या र दुःख लाग्दैन तर जनताको इच्छा आंकक्षा समय अनुसार बढ्दै गएका छन् जनताले के चाहाछन् भने आफ्नो टोल, वडामा छिट्टै विकास होस्, सडक, शिक्षा, स्वास्थ्यको राम्रो पहुँच होस् तर हाम्रो नगरपालिका स्थापना भएको आज ७/८ वर्ष पुगेको छ । जनताले आफ्नो ठाउँको विकास छिटो चाहन्छन् । हाम्रो लागि मुख्य समस्या भनेको आर्थिकको पाटो नै हो । राज्यबाट थोरै बजेट आउँछ त्यसले गर्दा जनताले भने जस्तो काम र विकास एकै पटक गर्न सक्षम छैनाैँ ।

आर्थिक पाटोको कुरा गर्दा, नगरपालिकाले पालिकाभित्र भएको स्रोत साधनको उचित प्रयोग गरेर आर्थिक पाटो मजबुत बनाउन सक्दैन ?

भीरकोट नगरपालिकाको स्रोतले यहाँको विकास गर्न सकिँदैन । हामीले सडकको अवस्था राम्रो बनाउन नसक्दा पर्यटक क्षेत्रबाट पनि पैसा उठाउन सकेको छैनाैँ ।

नगरपालिकाकोे आर्थिक स्रोत बलियो छैन । हाम्रो आर्थिक आम्दानी भनेको वार्षिक डेढदेखि दुई करोडसम्म मात्रा हुने गरेको छ । त्यति रकमले पालिकामा के गर्न सकिन्छ ? एउटा सडक पिच गर्न पर्‍यो भने एक करोड रुपैयाँले एक किलोमिटर हुन्छ त्यो भएपछि यहाँको स्रोत साधनले के गर्न सकिन्छ र ? खोलानालाको हुने गिट्टी बालुवाबाट पनि धेरै पैसा आउँदैन् । त्यसबाट आएको आम्दानीको ४० प्रतिशत प्रदेशलाई दिनुपर्‍यो, त्यसले गर्दा हाम्रो अन्य आय स्रोतको बाटो केही पनि छैन् । पर्यटनको कुरा गर्दा यहाँ विभिन्न सम्भावना त छ तर त्यस्ता पर्यटकीय क्षेत्रमा जानको लागि सवारी गुड्ने सडक हामीले बनाउन सकेको अवस्था छैन् । भीरकोट नगरपालिकाको स्रोतले यहाँको विकास गर्न सकिँदैन । हामीले सडकको अवस्था राम्रो बनाउन नसक्दा पर्यटक क्षेत्रबाट पनि पैसा उठाउन सकेको छैनाैँ ।

विगतका वर्षहरूमा राज्यको ढुकुटी खर्च गरेर निर्माण भएका सडक, पदैल मार्गदेखि अन्य क्षेत्रको संरक्षण गर्न नसक्दा डामोडल अवस्थामा छ त्यसको संरक्षण गर्न पालिकाले किन सकेन ?

जनता अहिले केही पनि काम गर्न खोज्दैनन् । जनताले सबै काम नगरपालिकाले नै गरोस् भन्ने चाहन्छन् । आजको दिनमा मान्छे ५० मिटर पाइप चाहिए पनि आफूहरूले नकिनेर पालिकाबाट लिएर जानुहुन्छ । त्यस्तै ती पूर्वधारको संरक्षणको लागि भनेर वडामा छुटै बजेट छुटाएका छौँ । पालिकामा रहेको ९ वटा वडा मध्य दुई वटा वडा ठूलो भएकाले तिनीहरूलाई १० र १० लाख रुपैयाँ छुटाएका छौँ भने त्यो भन्दा सानो वडालाई ७ लाख र अझै सानो वडालाई पाँच लाख रुपैयाँ विनियोजन गरेका छौँ ।

जनता अहिले केही पनि काम गर्न खोज्दैनन् । जनताले सबै काम नगरपालिकाले नै गरोस् भन्ने चाहन्छन् । आजको दिनमा मान्छे ५० मिटर पाइप चाहिए पनि आफूहरूले नकिनेर पालिकाबाट लिएर जानुहुन्छ ।

कुनै पनि वडामा आवतजावत गर्दा वर्षाको समयमा कोही पनि सर्वसाधरणलाई दुःख नहोस् भनेर यसरी रकम विनियोजन गरेका हुन्छौँ । त्यसकारण भीरकोट नगरपालिकामा रहेको त्यस्ता स्थानहरूको संरक्षण गर्नको लागि भीरकोट नगरपालिकाले काम गरिरहेको छ र जनतालाई पनि सचेत गराएका छौँ ।

शिक्षा क्षेत्रको कुरा गर्दा भीरकोट नगरपालिकाको विद्यालयका शिक्षा स्तर खस्किदैँ आएको छ । तपाईँको घोषणपत्रमा गुणस्तरीय, व्यवसायीक, निशुल्क र पढ्दै कमाउदै कार्यक्रम सुचारु गर्ने, ईलाईब्रेरी स्थापना गरि स्तरीय शिक्षाको अवसर प्रदान गर्ने, प्रविधि शिक्षाको विस्तार गर्ने, जस्ता विषय समेटिएको रहेछ । तपाईँको घोषणपत्र र तपाईँले गरेको कामको त तालमेल मिलेन त ?

हामीले घोषणापत्र अनुसार धेरै कामहरू गरेका छौँ । भीरकोट नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएपछि हामीले शिक्षा क्षेत्रलाई राम्रो बनाउनको लागि काम गरिरहेका छौँ । तर मैले चाहेको र सोचेको जस्तो शिक्षाको गुणस्तर वृद्धि गर्न सकेको छैन । पालिकाले भीरकोटको शिक्षक र विद्यायल व्यवस्थापकलाई देशका विभिन्न पालिकामा लगेर नमुना विद्यायलको अवलोकन समेत गराएको छ र त्यो अवलोकन गराएपछि यहाँ पनि त्यही खालको शिक्षा नीति लागू गर्नको लागि शिक्षकहरूलाई अनुरोध गराएको छौँ ।

यहाँको शिक्षाको गुणस्तर कसरी वृद्धि गर्न सकिन्छ भनेर महिनाको अन्तिममा भीरकोटका सम्पूर्ण विद्यायलका प्रधानध्यापकलाई पनि तालिम दिएको छु । किनकि त्यहाँ देखाइसकेपछि उहाँहरू आफ्नो विद्यालय सुधारको लागि अघि बढ्नुहुन्छ कि भनेर म दत्तचित्त भएर अघि बढको छु । त्यतिमात्र नभइ केही समय अघि मैले बुटवल कालिका माध्यमिक विद्यायल जहाँ कि सात हजारभन्दा बढी विद्यार्थी छन् र त्यहाँ पढाईँको स्तर पनि राम्रो छ भने त्यहाँको प्रधानध्यापकलाई बोलाएर तालिम पनि दिएका थियाैँ । के गर्दा भीरकोटको शिक्षालाई माथि लैजान सकिन्छ भनेर उहाँहरूको हामीले सल्लाह र सहयोग मागेका थियाैँ ।
विद्यालयका प्रधानध्यापक कडाइका साथ अघि नबढेसम्म यो क्षेत्रमा सुधार गर्न सकिदैँन भन्ने पनि मैले बुझेको छु । जबसम्म शिक्षकले विद्यार्थीलाई पढाउनु आफ्नो दायित्व हो भनेर बुझ्दैन तबसम्म यो शिक्षाको गुणस्तर अघि बढाउन सकिदैँन ।


हामीले घोषणापत्र अनुसार धेरै कामहरू गरेका छौँ । भीरकोट नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएपछि हामीले शिक्षा क्षेत्रलाई राम्रो बनाउनको लागि काम गरिरहेका छौँ । तर मैले चाहेको र सोचेको जस्तो शिक्षाको गुणस्तर वृद्धि गर्न सकेको छैन ।

विद्यालयमा राजनीतिक दलको हालिमुहाली बढी भएका कारणले विद्यालयको शैक्षिक स्तर ध्वस्त भएको त होइन् ?

कुन शिक्षक राजनितिक दलसँग आवद्ध नभएको होला ? नेपालकै नेताको कुरा गर्दा अधिंकाश नेताहरू शिक्षकबाट राजनीतिमा छिरेका छन् । त्यसकारण भीरकोट नगरपालिकाका शिक्षकहरू कोही एमाले, कांग्रेस, माओवादीदेखि अन्य पार्टीका होलान् त्यो यथार्थ नौ हो । हामीले शिक्षकहरूलाई पढाइ छाडेर कुनै पनि संस्थाको कार्यक्रममा नजानको लागि अनुरोध पनि गरेका छौँ । त्यस्तै पालिकामा पनि हरेक महिनाको अन्तिम प्रधानध्यापकको बैठक राखेका छौँ र त्यो बैठकमा हामीले विद्यालयको शैक्षिक स्तरको बारेमा छलफल गरेका छौँ । तर केही शिक्षकहरू लुकिछुपी गएको पाइन्छ र यो एउटा रोगकै रुपमा देखिन्छ ।

नगरपालिकाको आर्थिक पाटोलाई मजबुत बनाउन नगरपालिकाले आफ्नै लगानीमा प्रशोधन केन्द्र खोल्यो त्यसबाट नगरपालिकालाई राम्रै आम्दानी पनि भएको छ भने रोजगारीको पनि ढोका खोलिएको छ । तर स्थानीय सरकारले नेपाल सरकारको मापदण्डलाई नै लत्यायर उक्त प्रशोधन केन्द्र सञ्चालन गर्दा केही महिना अघि गृह मन्त्रालयले निकालेको निर्देशनले पालिकाले नै सञ्चालन गरेको प्रशोधन केन्द्र दर्ताविना नै संचालन गर्नाले बन्द हुन पुग्यो । त्यो विषयलाई तपाईँले कसरी हेर्नुभएको छ ?

क्रसरको कुरा गर्दा आजको दिनमा कोत्रेदेखि काठमाडौंसम्म झन्डै हजाराैँ क्रसर उद्योगहरू छन् । तर हाम्रो भीरकोट नगरपालिकामा रहेको क्रसर भन्दा पनि ‘ग्रेजिन स्केनिन् भाइब्रेसन मेसिन’ भनिन्छ । नगरपालिकामा रहेको गिट्टी बालुवा चालेर पालिका भित्र निर्माण हुने सडकदेखि अन्य निर्माण कार्य गर्दा सफा शुद्ध गिटी बालुवाको प्रयोग होस् भन्ने हेतुले सञ्चालन गरेका हौँ । त्यस्तै केही बढी भएको हामीले बेचेका पनि छौँ र यसबाट पालिकाले आम्दानी गरे मध्ये ४० प्रतिशत रकम हामीले प्रदेशमा पठाउनु पर्ने हुन्छ । सरकारले बाहिर बाहिर भएका क्रसर उद्योगहरूलाई त्यतिधेरै दबाब दिएको छैन तर एउटा नगरपालिकाले स्थापना गरेको यस्तो मेसिनलाई रोक्नको लागि दबाब दिन्छ । हामीले त्यो बेला केही दिन पक्कै रोकेका थियौँ । त्यसकारण हामीले त्यसको दर्ता प्रक्रियामा पनि जाने छौँ र अन्यत्रको रोक्नको लागि सरकारसँग अनुरोध गरेका छौँ ।

व्यक्तिगत रुपमा सञ्चालन भएका क्रसर उद्योगबाट केही न केही पैसा कुनै न कुनै निकायमा गएको होला तर स्थानीय तहले सञ्चालन गरेको प्रशोधन केन्द्रबाट केही पनि दिन सक्दैनौँ । त्यो कारणले पनि हामीलाई बढी दबाब दिनुभएको हो कि भन्ने मलाई लाग्छ । यसबाट हामीले सोचे जस्तो आम्दानी हामीलाई छैन । त्यस्तै हामीले अब केही समयमा नै यसलाई दर्ता गरेर कानुनी रुपमा अघि बढ्छौँ ।
भीरकोट नगरपालिकालाई गण्डकी प्रदेशकै दोस्रो र स्याङ्जा जिल्लाको पहिलो बालमैत्री नगरपालिकाको रूपमा घोषण गरियो । तर नगरपालिकालाई बालमैत्री नगरपालिका घोषित हुनको लागि कस्ता कस्ता पूर्वाधार चाहिन्छ भनेर अध्ययन नगरि हचुवामा घोषण गरेजस्तो तपाईँलाई लाग्दैन ?

भीरकोट नगरपालिका बालमैत्री नगरपालिका घोषण भएको छ तर सबै कुरा एकैपटक नियन्त्रण हुनको लागि पक्कैपनि समय लाग्छ । यहाँको त अभिभावकहरूले नै बालबालिकालाई पसलमा पठाएर चुरोट, खैनीजस्ता पदार्थहरू किन्नको लागि पसलमा पठाएको अवस्था छ । हामीले हरेक ठाउँमा सूचनामूलक जानकारी टास्नुका साथै कार्यक्रममा जाँदा यसबारे सचेतना समेत गराएका छौँ । त्यस्तै वडामा पनि बाल सञ्जालहरू गठन गरेर यसबारे सचेत गराएका छौँ । भीरकोटमा सबै कुरा राम्रो छैन तर यसको लागि समय अवश्य लाग्छ भीरकोटले मात्रा गरेर यो रोकिने पनि होइन, हाम्रै छिमेकी पालिकामा पनि बालमैत्री नगरपालिका घोषणा भएको छैन तर अवश्य यो सबै कुराको लागि हामीले व्यवस्थित गछौँ ।

नगरपालिकाको केन्द्र बयरघारी बजारमा सवारी पार्किङलाई व्यवस्थित गर्ने १२ जना व्यक्तिबाट जग्गा भाडामा लिएर ४ वर्षअघि निर्माण गरिएको बसपार्कलाई आजको दिनसम्म सञ्चालनमा ल्याउन सकेको अवस्था छैन । दुईवटा आर्थिक वर्षको महालेखाको प्रतिवेदनले समेत उक्त खर्च गर्दा पालिकालाई भार भयो भनेर सचेत गराउँदा तपाईँहरूले त्यसलाई कुल्चिएर बसपार्क सञ्चालन गर्न खोज्दै हुनुहुन्छ । यसलाई अब खारेज गर्दा हुँदैन कि अन्य केही सोच्नुभएको छ ?
नगरपालिको बन्नको लागि बसपार्क, बैंक, प्रहरी चौकी, क्याम्पसदेखि अन्य अत्यावश्यक कुराको मापदण्ड हुने गर्छ । त्यसकारण म भन्दा अघिका नगरप्रमुख छायाराम खनालले भाडामा लिएर भए पनि बसपार्क सञ्चालनमा ल्याउनु भएको थियो तर मेरो बुझाइमा गाडी व्यवासायीलाई सवारी पार्किङ गर्ने ठाउँ बाटोबाट नजिकै चाहिने रहेछ यो अलि बजार क्षेत्रबाट टाढा नै रह्यो । यो विषयमा मैले जिल्ला प्रशासन कार्यालयदेखि ट्राफिक कार्यालयमा धेरै पटक यो कुरा राखे । किन हामीलाई सहयोग गर्नु हुँदै ? उनीहरूले पैसा दिएर हामीलाई सहयोग नगर्नुभएको हो कि भनेर प्रश्न पनि गरेको थिए ।

म निर्वाचित भएर आएपछि धेरै पटक नगरपालिकामा नै ट्राफिक प्रहरीलाई बोलाएर यसबारे छलफल समेत भएको थियो । अझै व्यवसायीलाई सहज होस् भनेर हामीले पार्किङ गरेवापत् ५० रुपैयाँ लिने गथ्र्यौँ त्यो पनि हटाएर निःशुल्क राख्नुहोस् र सवारी पार्किङ व्यवस्थित गरौँ भन्दा पनि उनीहरूले मानेन् । मलाई जहाँसम्म लाग्छ ट्राफिक प्रहरीले व्यवसायीहरूसँग केही पैसा लिएका कारण उनीहरूले त्यति वास्ता नगरेको जस्तो लाग्छ । यसमा राज्यको सम्पत्ति गएको म स्वीकार पनि गर्छु तर पनि नगरपालिकाको अन्य ठाउँमा सार्वजनिक जग्गा नभएको कारणले पनि नजिक ठाउँमा बसपार्क राख्न सकेका छैनौँ भने यसलाई सञ्चालन ल्याउनको लागि कोशिस पनि जारी छ ।

भीरकोट नगरपालिकाको वडा नम्बर–६ एकुवारमा ‘एक स्थानीय तह एक अस्पताल’को अवधारणा अनुरुप २०७७ मंसिर १५ गते १५ शैयाको अस्पतालको शिलान्यास भयो । तर, शिलान्यास भएको तीन वर्ष पुगिसक्दा पनि अस्पतालमा एउटा पिल्लर समेत उठ्न नसक्नुको कारण के हो ? त्यस्तै नगरपालिकाले स्वास्थ्य सेवालाई थप विस्तार गर्नको लागि भीरकोट नगरअस्पताल सञ्चालन ल्यायो त्यसको अवस्था के छ ?

अहिले नगरपालिकाले अस्पतालको लागि भनेर करिब ८ लाख रुपैयाँ वार्षिक दिने गर्छ भने औषधीको लागि ५० लाख रुपैयाँ छुटाएको छ ।

नगरअस्पताल बनाउनको लागि जुन जग्गा खरिद गरियो त्यो जग्गा भिरालो भएका कारण त्यो बढी खर्चिलो हुने देखियो । त्यहाँ अस्पताल बनाउँदा वाल उठाउन मात्रा ८ करोड लाग्ने देखियो त्यो कारणले पनि त्यसलाई निर्माण गरिएन् । अहिले हामीले भीरकोट नगर अस्पताल सञ्चालन गरेका छाैँ । जुन पहिला कालिका सामुदायिक अस्पताल थियो उनीहरूसँग पालिकाले सबै पास गरेर लिएको छ । त्यो अस्पतालको अवस्था म निर्वाचित हुनुभन्दा अघि बिजोग थियो र म आएपछि त्यसको अवस्था निकै सुधार पनि भएको छ ।

अहिले नगरपालिकाले अस्पतालको लागि भनेर करिब ८ लाख रुपैयाँ वार्षिक दिने गर्छ भने औषधीको लागि ५० लाख रुपैयाँ छुटाएको छ । स्वास्थ्य सेवालाई विस्तार गर्न त्यहाँ डाक्टर गतिलो भएन भन्ने गुनासो आएपछि हामीले दाङबाट डाक्टर लिएर आएको छौँ । त्योसँगै त्यहाँ तीन जना डाक्टर राखेका छौँ । बजारमा भन्दा हाम्रो अस्पतालमा औषधी पनि सस्तो हुन्छ । त्यो अस्पतालबाट ल्याउने औषधीको आधा पैसा जनतालाई छुट समेत दिएका छौँ । तर जनताले त्यो बुझदैनन् र निजी अस्पतालमा घुइँचो हुने गर्छ तर अहिले हामीले हरेक ठाउँमा गएर भीरकोट नगर अस्पतालमा उपचार गर्नको लागि अपिल समेत गर्दै आएका छौँ । यतिले मात्रा म सन्तोष छैन यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर राज्यसँग लडिरहेको छु ।

२०७८ साल वैशाख महिनामा नगरपालिकाले ढुंगाना कृषि फर्मद्वारा सञ्चालित शीत भण्डारमा नगरपालिकाको अनुरोधमा प्रति घर २५ देखि ३० किलोसम्म आलु राखे आलु लगाउने समयमा किसानहरू आफूले राखेका आलु लिन जाँदा तापक्रमदेखि अन्य कारणले स्टोरमा राखेका सबै आलुहरू कुहिएर नष्ट भएका थिए । त्यो बेला तत्कालका लागि किसानलाई भुलाउन नगरपालिकाले अनुदानमा प्रतिकिलो ३० रुपैयाँमा आलुको बिउ दियो तर आजको दिनसम्म पनि किसानलाई रनभुलमा नै पारेको छ । के कोल्ड स्टोरको मालिकसँग पालिका डराएको हो ?

यो विषयमा म निर्वाचित भएर आएपछि पनि धेरै प्रयासहरू गरे पहिला त मैले पालिकाबाट त्यसको पहल गर्न नसकेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पहल गरिदिनको लागि पत्र नै पठाएँ तर केही समयपछि त्यसको नतिजा हेर्न जादाँ प्रशासनले उक्त पत्र नै हराइदिएछ । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा पुनः गएर सम्पूर्ण किसानलाई बोकेर आऊ भनेर सिडिओलाई भनेपछि बृहत छलफल पनि भयो र त्यो कोल्ड स्टोरलाई केही रकम छुट दिएर आजको दिनसम्म दुई लाख रुपैयाँ उठेको छ । त्यो पैसा नगरपालिकामा नै छ र त्योसँग पालिका डराएका छैनौँ । बाँकी पैसा आउने वित्तिकै हामीले किसानलाई सबै फिर्ता गर्छौ ।

भीरकोट नगरपालिकाले कृषिजन्य उत्पादनको लागि दिने अनुदान असली किसानको हातमा पुगेको छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?

हामीले कृषिको लागि आलु, धान, मकै, गहुँको बिउ विभिन्न ठाउँबाट ल्याएर ५० प्रतिशत अनुदानमा दिने गरेका छौँ । त्यस्तै तरकारीको विषयमा विभिन्न तालिमहरू किसानलाई दिएका छौँ तर दिएको तालिमको प्रमाणपत्र मात्रा घरमा लगेर राखेको अवस्था मात्रा रहेको छ ।

नगरपालिकाले कृषिको लागि वडा नम्बर ५ मा रहेको पकान फाँटलाई बढी केन्द्रित गरेको अवस्था छ । तर हामीले सोचे जस्तो अझै भएको छैन । हामीले कृषिमात्रा नभइ विउविजन पनि निःशुल्क दिन्छाैँ भनेका छौँ । त्यस्तै कृषि हाटबजारको पनि हामीले व्यवस्था गर्छौ भनेर लागि परेका छौँ । यदि उहाँहरूले गरेको उत्पादनको बजार सुनिश्रत भएन भने पालिकाले लिएर उचित व्यवस्था गर्छ पनि भनेका छौँ । त्यसैगरि अनुदानको कुरा गर्दा हामीले असली किसानलाई बुझेर मात्रा अनुदान दिने गरेका छौँ ।

तपाईँ चुनावमा उठ्ने बेला तपाईँका कार्यकर्ताहरूले अवैद्य रूपमा वालुवा उत्खन गरेको भन्ने आरोप लागेको थियो त्यो जाँचबुझ गर्नको लागि पालिकाले एउटा समिति गठन गर्‍याे तर त्यो समितिले निकालेको प्रतिवदेन सार्वजनिक भएन् त्यो कहाँ लुक्यो ?

यो कुरा भीरकोट नगरपालिका वडा नम्बर ५ सिम्मलेको हो । जसले वालुवा बेचेर पैसा लियो भन्ने आरोप आएको थियो त्यो व्यक्तिबाट पैसा असु्ल गरिसकेका छौँ । त्यो विषयमा पालिकाले गठन गरेको समितिले बनाएको प्रतिवेदन जिल्ला सम्वनयमा समितिमा पठाएको छौँ । त्यो मात्रा नभएर हाम्रो कार्यकर्ता होस् वा अन्य होस् । हुन त भीरकोट नगरपालिकामा कांग्रेस बढी भएकाले त्यो आरोप आउनु सामान्य हो । त्यो मात्रै नभएर जसले त्यो बालुवा चोरी गरेपनि तिनीहरूलाई कारबाही गररे १० हजार जरिवान समेत लिने गरेका छाैँ । आफ्नो कार्यकर्ता भएर हामीले छाडेका छैनौँ ।

महालेखापरीक्षक कार्यालयको प्रतिवेदन २०७८/०७९ ले पालिकाले केही संस्थादेखि व्यक्तिसम्म गरेर रु.४४ लाख ७८ हजार खर्च गरेको औंल्याएको थियो । पालिकाले त्यत्रो खर्च किन गर्‍याे ?

गरिब जनताको लागि चाहिने सामाग्री दिनु पालिकाको कर्तव्य हो । अब भीरकोटका नागरिक सबै सम्पन्र पनि छैनन् । त्यसकारण उनीहरूलाई चाहिने सामान्य टिन, शौचालय बनाउने सामाग्री देखि अन्य वस्तु जुन मैले तोक लगाउन मिल्छ त्यो दिनु गल्त नभएको जस्तो मलाई लाग्छ ।



प्रतिक्रिया दिनुहोस !