३ जेष्ठ २०८१, बिहिबार

फ्रि भीपीएन प्रयोग नगर्न नेपाल टेलिकमको आग्रह

प्रकाशित मिति :  22 November, 2023 3:10 pm


काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट प्रयोगकर्ताहरुलाई फ्रि भीपीएन (Free VPN) प्रयोग नगर्न अनुरोध गरेको छ । बुधबार नेपाल टेलिकमले मोबाइलमा सूचना पठाएर विभिन्न सुरक्षा जोखिम बढ्ने हुनाले इन्टरनेट प्रयोगकर्ताहरुलाई फ्रि भीपीएन प्रयोग नगर्न अनुरोध गरेको हो ।

टेलिकमले पठाएको सूचनामा भनिएको छ, ‘इन्टरनेट प्रयोगकर्ताहरुले फ्रि भीपीएन को प्रयोग गर्दा निजको डाटा चोरी हुनसक्ने, गोपनीयता भंग हुनसक्ने, अकाउन्ट ह्याक हुनसक्ने लगायतका विभिन्न सुरक्षा जोखिमहरु बढ्ने भएकोले फ्रि भीपीएन प्रयोग नगर्न सबैमा हार्दिक अनुरोध गरिन्छ ।’

गत कात्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकबाट टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय भएको थियो । उक्त निर्णयसगै नेपालमा टिकटक चलाउन प्रतिबन्ध छ ।

टिकटक बन्द भएसँगै इन्टरनेट प्रयोगकर्ताहरुले फ्रि भीपीएनको प्रयोग गरेर टिकटक चलाउने र सामाजिक सञ्जालहरुमा फ्रि भीपीएन प्रयोग गरेर टिकटक चलाउन प्रोत्साहित गर्ने क्रम बढ्दै गएको छ । जसले गर्दा प्रयाेगकर्ताकाे गोपनियता भंग हुनसक्ने भन्दै टेलिकमले फ्रि भीपीएन प्रयोग नगर्न अनुरोध गरेको हो ।



प्रतिक्रिया दिनुहोस !