६ जेष्ठ २०८१, आइतबार

थप तीन जना कारोना संक्रमित भेटिए,संक्रमण हुनेको संख्या ५७ पुग्यो

प्रकाशित मिति :  29 April, 2020 4:30 pm


काठमाडाैं, १७ वैशाख ।  

नेपालमा थप तीन जनामा कारोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा तीन जनाको नमुना परीक्षण पोजेटिभ देखिएको जानकारी दिए ।

उनका अनुसार पर्साका ४३ बर्षीय पुरुष र बाराका ३१ र ४३ बर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरु दिल्लीबाट आएका थिएन उनीहरुलाई उपचारको लागि नारायणी अस्पतालमा लागिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

यो संगै नेपालमा कारोना संक्रमितको संख्या ५७ पुगेको छ । संक्रमित मध्य १६ जना भने निको भएर घर फर्किसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !