२१ बैशाख २०८१, शुक्रबार

काठमाडौँको सेन्ट जर्ज स्कुलमा खाना पकाउने प्रतियोगिता

प्रकाशित मिति :  24 November, 2023 6:05 pm


काठमाडौँ । काठमाडौँको हाँडीगाउँ स्थित सेन्ट जर्ज स्कुलले ‘गर र सिक’ कार्यक्रम अन्तर्गत अन्तर सदन खाना पकाउने प्रतियोगिता गरेको छ ।

प्रतियोगितामा विद्यालयका चार वटा सदनका विद्यार्थीहरूले फरक फरक परिकार तयार गरेका थिए । विद्यार्थीहरूले नेवारी , ढिँडो, खिर, विभिन्न दुधका परिकार, साकाहारी एवं मासुका परिकार तयार गरेका थिए ।

विद्यार्थीहरूले दाउरा बालेर खाना बनाएका थिए । प्रतियोगितामा सबै विद्यार्थीहरूले उत्सुकताका साथ भाग लिएका थिए ।

विद्यालयले विद्यार्थीहरूको चौतर्फी हितका लागि यस्ता फरकफरक खालका विद्यार्थीहरूले दैनिक जिवनमा भोग्नु पर्ने किसिमका कार्यक्रम गरिरहेको विद्यालयका प्रध्यानकध्यापक मेघराज बजगाईले जानकारी दिए ।

प्रतियोगितामा तयार गरिएका खाना खाई कार्यक्रममा बोलाइएका अतिथिहरूको राय अनुसार पहिलो दोस्रो र तेस्रो हुने सदनको छनौट गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।

प्रतियोगितामा रातो र निलो सदन प्रथम भए भने हरियो र पहेँलो सदन दोस्रो भए । विजयी सदनहरूलाई विद्यालयको विशेष कार्यक्रममा पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य रमेश सन्जेल, एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे, व्यवसायी राजेश चालिसे र अष्ट्रेलियाबाट नेपाल आएका गणेश घिमिरे लगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस !