२५ बैशाख २०८१, मंगलबार

बराबरीमा रोकिए सिटी र लिभरपुल

प्रकाशित मिति :  26 November, 2023 8:39 am


काठमाडौं । इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा शीर्ष स्थानमा म्यानचेस्टर सिटी र दोस्रो स्थानमा रहेको लिभरपुल बराबरीमा टुंगिएको छ ।

सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा भएको खेलमा यी दुई टोलीले १/१ को बराबरी खेल्दै अंक बाडेका हुन् । दुवै टोलीले सोचे अनुरूपको प्रदर्शन गर्न नसक्दा अंक तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाए ।

खेलको २७औं मिनेटमा सिटीले खेलमा अग्रता लियो । सिटीका कीर्तिमानी स्ट्राइकर एरलिङ हालान्डले गोल गर्दै खेलमा अग्रता दिलाएका हु्न्। यस गोल गरेसँगै उनी प्रिमियर लिग इतिहासमा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडी समेत बनेका छन्।

८०औं मिनेटमा भने लिभरपुलले खेलमा बराबरी गर्यो। मोहम्मद सालाहको पासमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डले गोल गर्दै बराबरीमा ल्याए ।

यसपछि भएको ब्रेन्टफर्ड विरुद्धको खेलका अन्तिम मिनेटमा जित निकाल्दै आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको छ। बराबरीसँगै साटी दोस्रो स्थानमा र लिभरपुल तेस्रो स्थानमा झरेका छन् ।



प्रतिक्रिया दिनुहोस !