३ जेष्ठ २०८१, बिहिबार

‘नमस्ते पे’ मार्फत प्रत्येक उडानको टिकट खरिदमा रु १०० क्यासब्याक

प्रकाशित मिति :  5 December, 2023 10:04 am


काठमाडौँ । नमस्ते पे मार्फत उडान टिकट बुक गने यात्रुलाई सुपध मुल्यमा उडान टिकट प्रदान गने उद्देश्यले नमस्ते पे ले नयाँ अभियान शुरु गरेको छ । यो अभियान मंसिर १५, २०८० देखि पुस १४, २०८० सम्म चल्नेछ ।

नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । उडानकर्ताहरुले क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नु पदैन। क्यासब्याक प्राप्त टिकट मान्य छ जसको अर्थ यात्रुले जति धेरै टिकट खरिद गनेछन्, उति नै बढी क्यासब्याक प्राप्त गनेछन् ।

नमस्ते पे प्रयोगकर्ताहरुले नमस्ते पे वालेट मार्फत आर्थक दरका साथसाथै सुरक्षित बुकिङ पार्टनरबाट उडान टिकट खरिद गर्न सक्नेछन्।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेखिय भुमिका खेल्ने उद्दश्यले शुरु गरिएको डिजिटल भूक्तानी सेवा हो । आधुनिक प्रविधि मार्फत सरल र सुरक्षित भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटर प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक सेवा प्रदान गर्नु यस वालेट सेवाको मुख्य उदेश्य रहेको छ । थप जानकारीका लागि www.namastepay.com मा हेर्नसकिन्छ ।



प्रतिक्रिया दिनुहोस !