३ जेष्ठ २०८१, बिहिबार

टिकटक प्रतिबन्धविरुद्धका रिटमा सुनुवाइ आज

प्रकाशित मिति :  5 December, 2023 10:23 am


काठमाडौँ । टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आजदेखि पूर्ण सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतमा दर्ता भएका १४ रिट निवेदनमाथि आज एकसाथ सुनुवाइ गर्ने तयारी भएको हो ।

न्यायाधीश विनोद शर्माको इजलासले मंसिर ५ गते कारण देखाऊ आदेश जारी गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो।

गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले समाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध सर्वोच्चमा १४ रिट परेका थिए। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु स्वागत नेपाल, सुनिल रञ्जन सिंह, जगन्नाथ दुलाल, यज्ञमणि न्यौपानेलगायतले मंसिर १ गते सर्वोच्चमा रिट दर्ता गरेका हुन ।



प्रतिक्रिया दिनुहोस !