१३ बैशाख २०८१, बिहिबार

रोल्पाको गैरीगाँउमा बम विष्फोट,४ बालबालिकाको मृत्यु

प्रकाशित मिति :  30 April, 2020 8:19 pm


रोल्पा, १८ वैशाख ।

रोल्पाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँमा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु भएको छ ।

विष्फोटमा ४ जना बालबालिकाको घटनास्थलमै ज्यान गएको वडा अध्यक्ष कविराज बुढाले जानकारी दिए । बमको ठूलो आवाज आएपछि स्थानीयहरु हेर्न जाँदा ४ बालबालिकाको घटनास्थलमै मृत्यु भएको भेटिएको अध्यक्ष बुढाले जानकारी दिए।

मृत्यु हुनेमा मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका- ७ का १४ वर्षीय लाेकिराम डागी, ११ वर्षीया बिमला डागी,५ वर्षीय विजय खत्री र साेही गाउँपालिका- ४ का १३ वर्षीय गाैरव नेपाली रहेकाे रोल्पाका प्रहरी प्रमुख  प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए।

घटनास्थलमा थप बम रहेको आशंकामा नेपाली सेनाको टोली घटनास्थल गएको छ । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले खेल्ने क्रममा भेट्टाएको र विस्फोट भएको हुन सक्ने आशंका गरिएपनि पुष्टि हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !