२५ बैशाख २०८१, मंगलबार

रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा एकै गाँउका ५ जनाको मृत्यु

प्रकाशित मिति :  21 December, 2023 6:54 am


रुकुम । रुकुमपश्चिममा ट्याक्टर दुर्घटनाहुँदा एकै गाँउका पाँच जनाको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा परी श्रीमानश्रीमतीसहित एकै गाउँका पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ८ जना घाइते भएका छन्। जसमध्ये तीन जनाको अवस्था गम्भीर छ। बुधबार राति साढे १० बजे आठबीसकोट नगरपालिकाको राडिबाट घर्ती गाउँ जाँदै गरेको रा १ त १४ नम्बरको ट्याक्टर आठबीस नगरपालिका-१० को इजाखोला नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भद्र सार्की, ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !