१७ बैशाख २०८१, सोमबार

उड्न लागेको बुद्ध एयरको आकस्मिक ढोका यात्रुले खोले

प्रकाशित मिति :  21 December, 2023 11:06 am


काठमाडौँ । पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको विमानको इमर्जेन्सी ढोका यात्रुले अचानक खोलिदिएपछि सो उडान रद्द भएको छ ।

बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेपछि उडान रोकिएको हो ।

जहाजमा यात्रु चढाई सबै ढोका बन्द गरेर उड्न तयारीमा रहेको जहाजको इमर्जेन्सी ढोका यात्रुले खोलिदिएका थिए। विमान धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ ।

ढोका खुलेपछि यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले जाँचबुझ गरिरहेको बुद्ध एयरले जनाएको छ । प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेका छन् ।आपत्‌कालीन ढोका खोलेपछि उडान रद्द भएपछि यात्रुहरुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको बुद्ध एयरले जनाएको छ । यात्रुचाहिँ अहिले प्रहरी नियन्त्रणम लिएरको छ ।



प्रतिक्रिया दिनुहोस !