२९ बैशाख २०८१, शनिबार

शुक्रवार पनि मौसम सफा रहने, शनिवार र आइतवार यी प्रदेशमा हिमपात हुन सक्ने

प्रकाशित मिति :  22 December, 2023 6:29 am


काठमाडौँ। आगामी २४ घण्टामा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विभागले पूर्मानुमान गरेको छ । 

विभागका अनुसार शुक्रवार देशभर आंशिक बदली रहनेछ भने राती कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।   

शनिवार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ तथा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ।

शनिवार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातमा देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

शनिवार राती कर्णाली प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !