२२ बैशाख २०८१, शनिबार

सैनामैनामा लागु औषध ब्राउन सुगरसहित २ जना प्रकाउ

प्रकाशित मिति :  24 December, 2023 12:22 pm


रुपन्देही । रुपन्देहीको सैनामैनामा लागु औषध ब्राउन सुगरसहित २ जना व्यक्ति प्रकाउ परेका छन् ।

शनिवार ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका वडा नं २ बिहानीटोलबाट ५२०मिलिग्राम लागु औषध ब्राउन सुगरसहित उनीहरुलाई प्रकाउ गरेको हो ।

प्रकाउ पर्नेमा सोही ठाँउ बस्ने ३५ वर्षिय सुरज बिक र सुमन गौचन रहको प्रहरीले जनाएको छ । प्रकाउ परेका उनीहरुबाट ५२० मिलिग्राग ब्राउन सुगरसहित एक थान नोकिया मोवाइल र ६ हजार नगद बरामत भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको ईलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !