२२ बैशाख २०८१, शनिबार

भीरकाेटकाे भाग्याेदय माविका एक सय विद्यार्थीलाई पोशाक वितरण

प्रकाशित मिति :  24 December, 2023 2:33 pm


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ६ मा रहेको भाग्योदय माध्यमिक विद्यालयमा अध्ययनरत करिब १ सय जना विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ।

रोटरी क्लब अफ पोखरा मिडटाउन र भीरकोट नगरपालिकाको सहयोगमा पोशाकको आवश्यकता परेका करिब १ सय विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको हो।

विद्यालयले गरेको आन्तरिक सर्वेक्षणका आधारमा पोशाक वितरण गर्दा दाताहरूले दिएको भन्दा केही बढी खर्च भएको र अपुग रकम विद्यालयको आन्तरिक स्रोतबाट व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।

विद्यार्थीहरूलाई अध्ययनमा अग्रसर बनाउन प्रोत्साहन स्वरुप विद्यालय पोशाक वितरण गरिएको व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनालले बताए।



प्रतिक्रिया दिनुहोस !