२२ बैशाख २०८१, शनिबार

भीरकोट जेसिजको अध्यक्षमा भरत खड्का निर्वाचित

प्रकाशित मिति :  24 December, 2023 6:13 pm


काठमाडौँ । स्याङ्जाकाे भीरकाेट जेसिजको छैटौं साधरण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ। हिजाे (शनिबार) सम्पन्न भएको साधारणसभा तथा अधिवेशनबाट जेसी भरत खड्का वर्ष २०२४ को अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।

उक्त अधिवेशनबाट उपाध्यक्षहरूमा जेसि गेमा सारु मगर, सुशील अर्याल निर्वाचित भएका छन् ।यसैगरी उपाध्यक्षहरूमा आयुष पौडेल, नारायण प्रसाद कोइराला, जगदिश गैह्रे र मुुनाल गोदार निर्वाचित भएका छ्न् । निर्वाचन समितिका संयोजक एवं भीरकोट जेसिजका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद पौडेलले अध्यक्ष लगायतका सम्पूर्ण पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भएको जानकारी दिए।

कार्यक्रममा बोल्दै भीरकोट जेसिजका मानर्थ सदस्य याम प्रसाद अधिकारीले भीरकोट जेसिसको उन्नति र प्रगतिका लागी सदैव लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।



प्रतिक्रिया दिनुहोस !