६ जेष्ठ २०८१, आइतबार

नवलपरासीमा बाघको आक्रमणबाट सासु-बुहारीको मृत्यु

प्रकाशित मिति :  25 December, 2023 8:48 am


काठमाडौँ ।नवलपरासी पूर्व (नवलपुर)को विनयीत्रिवेणी गाउँपालिका वडा नं. १ को खहरे जंगलमा बाघको आक्रमणबाट सासु-बुहारीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार विनयीत्रिवेणी गाउँपालिका वडा नं. १ का २८ वर्षीया विष्णु पौडेल र उनकी सासू ६० वर्षीया मनादेवी पौडेल जंगलमा मृत फेला परेका हुन ।

आइतबार बिहान ११ बजेतिर घाँस काट्न भनेर जंगलमा गएका उनीहरु अबेरसम्म पनि घर नफर्किएपछि प्रहरीको सहयोगमा ६० जनाकाे टाेलीले खोजी कार्य सुरु गरेकाे थियो । खोज्ने क्रममा गएराति १० बजेतिर जंगलमा दुवै जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुको शवलाई मध्यविन्दु अस्पतालमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !