२५ बैशाख २०८१, मंगलबार

पुस २० देखि हुने प्रादेशिक कृषि यान्त्रिकरण प्रर्दशनीमा जी सेभन एग्रीकल्चर सिल्भर प्रायोजक रहने

प्रकाशित मिति :  25 December, 2023 6:53 pm


काठमाडौँ । आगामी पुस २० देखि २२ गतेसम्म पोखरामा हुने प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रर्दशनी २०८० मा जी सेभन एग्रीकल्चर प्रा.लि सिल्भर प्रायोजकको रूपमा रहकाे छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले पहिलो पटक आयोजना गरेको प्रदेश स्तरमा यान्त्रिकरण मेलामा प्रवद्र्धकको रूपमा भने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना रहने भएकाे छ ।

यसअघि हरेक वर्ष राष्ट्रिय रूपमा मेला सम्पन्न भइरहेकोमा यो वर्षदेखि प्रदेश स्तरिय मेला थालनी गर्न लागिएको नामियाले जनाएको छ । कृषि यान्त्रिकरण प्रदर्शनीका लागि कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा र पोखरा महानगरपालिकाले साथ दिने भएका छन्।

प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धि कम्पनीहरूका ४० वटा भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । प्रर्दशनीमा कृषिका विभिन्न विधाहरू ९जस्तै कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाई – भैंसी पालन, डेरी० लगायत कृषिका नविनतम औजार, उपकरण, मेशिन, केरा खेती थोपा सिचाईंका सामग्रीहरू, सयौं किसिमका कृषि औजार तथा प्रविधि अवलोकन गर्न सकिने छ ।

नेपालको कृषि क्षेत्रको यान्त्रिकरणमा सहयोग पु-याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने नेपाल कृषि मेशिनरी व्यवसायी संघको अध्यक्ष शर्माले बताए ।

प्रदर्शनीकाे उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !