२९ बैशाख २०८१, शनिबार

गण्डकी प्रदेश स्तरिय यान्त्रिकरण प्रर्दशनीको गोल्डेन प्रायोजक एसकेटी नेपाल हुने

प्रकाशित मिति :  26 December, 2023 10:50 am


काठमाडौँ । आगामी पुस २० देखि २२ गतेसम्म पोखरामा हुने प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रर्दशनी २०८० मा एस.के.टी. नेपाल प्रा.लि. सिल्भर प्रायोजक बनेको छ।  

नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले पहिलो पटक आयोजना गरेको प्रदेश स्तरमा यान्त्रिकरण मेलामा प्रवद्र्धकको रूपमा भने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना रहने भएको छ ।

यसअघि हरेक वर्ष राष्ट्रिय रूपमा मेला सम्पन्न भइरहेकोमा यो वर्षदेखि प्रदेश स्तरिय मेला थालनी गर्न लागिएको नामियाले जनाएको छ । कृषि यान्त्रिकरण प्रदर्शनीका लागि कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा र पोखरा महानगरपालिकाले साथ दिने भएका छन्।

प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धि कम्पनीहरूका ४० वटा भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । प्रर्दशनीमा कृषिका विभिन्न विधाहरू (कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाई – भैंसी पालन, डेरी) लगायत कृषिका नविनतम औजार, उपकरण, मेशिन, केरा खेती थोपा सिचाईंका सामग्रीहरू, सयौं किसिमका कृषि औजार तथा प्रविधि अवलोकन गर्न सकिने छ ।

नेपालको कृषि क्षेत्रको यान्त्रिकरणमा सहयोग पुयाउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने नेपाल कृषि मेशिनरी व्यवसायी संघको अध्यक्ष शर्माले बताए ।

प्रदर्शनीको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !