चार निर्माण कम्पनी कालोसूचीमा
प्रकाशित मिति : 28 December, 2023 8:17 am
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।
विभिन्न आयोजनाको ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले दुईदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।
काली सूचीमा पर्नेमा भारतको पश्चिम बंगालको एम.पी सितानी एन्ड सन्स, सुर्खेतको एम.पीरएस.सी.एफरई.सी.सी जे.भी, सुर्खेतकै सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सन र मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रा.लि छन्।
यी कम्पनीले कालोसूचीमा राखिएको अवधीभर कुनै पनि सार्वजनिक निकायको निर्माण तथा खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।









