१७ बैशाख २०८१, सोमबार

‘सनसिल्क दशैं भाइब्स’ अभियानको विजेता घोषणा

प्रकाशित मिति :  28 December, 2023 11:32 am


काठमाडौँ । युनिलिभरको ब्राण्ड ‘सनसिल्क भाइब्स दशैं’ अभियानको बिजेता घोषणा भएको छ ।

जसको उपाधि तीन उत्कृष्ट युवतीहरुले पाएका छन् । उपाधि पाउने सजिना खनाल, सुस्मिता बन्जरा र विजया प्रधान रहेका छन् । तीनै जना बिजेताले नगद एक / एक लाख पाएका छन् ।

नेपालको संभव्त सबै भन्दा ठुलो र भरपर्दो हेयर केयर ब्रान्ड ‘सनसिल्कले’ सन् २०२१ देखि ‘सनसिल्क दशैं भाइब्स’ नामक एउटा अभियानका संचालन गर्दै आएको छ ।

सबै प्रकारको सुन्दर कपाल प्रदर्शन गर्दै महोत्सब मनाउने उदेश्यले थालनी गरेको यस अभियानले पहिलो संस्करणको सफलताले दोस्रो संस्करणलाई अझै भब्य बनाउने मार्ग प्रस्तुत गरेको बताएकाे छ ।

यस वर्ष यो प्रतियोगिता ‘लेट्स सेलिब्रेट हेयर, लेट्स सनसिल्क’ भन्ने बिषयबस्तुमा संचालन गरिएको थियो । जसको प्रमुख उदेस्य सबै प्रकारको कपाल र कपालको शैलीलाई कदर गर्ने उत्सवको रुपमा हेरिएको थियो।

प्रतियोगिता ४,४८५ जना सहभागि भएका थिए । प्रतियोगिताले करिब १७४ मिलियन भ्युज प्राप्त गरि दर्शक माझ आफ्नो राम्रो उपस्थिति देखाउन सफल भएको छ । उत्कृट तीनै बिजेताले अर्को वर्षको ग्याङ अफ गर्लको हिस्सा हुने अवसर समेत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !