२३ बैशाख २०८१, आइतबार

झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

प्रकाशित मिति :  29 December, 2023 8:26 am


काठमाडौँ । झापाको शिवसताक्षीमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-११ सिर्जनाटोलका ४६ वर्षिय मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

बिहीबार राति १ बजे घरमै सुतिरहेका राईलाई हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । हात्तीले उनको घरको बार भत्काएर भित्र पसेपछि परिवारका अन्य सदस्यलाई बचाउने क्रममा हात्तीले कुल्चिएर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शवलाई पोष्टमार्टमका लागि दमक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा जंगली हात्तीको आक्रमणबाट मृत्यु हुनेको संख्या बढीरहेको छ ।



प्रतिक्रिया दिनुहोस !