२३ बैशाख २०८१, आइतबार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै, आजै फैसलाको सम्भावना

प्रकाशित मिति :  29 December, 2023 9:59 am


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि सुनुवाइ हुँदैछ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि सोमबार र मंगलबार सार्वजानिक विदा परेपछि बुधबारबाट निरन्तर बहस हुँदै आएको छ ।

उनीविरुद्धको मुद्दामा तीन दिन यता सुनुवाइ भइरहेको छ । बिहिबार पनि बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

बिहिबार मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए । प्रतिवादीको तर्फबाट पनि बहस सकिए मुद्दामाथिको सुनुवाइ आज नै फैसला हुनेछ ।



प्रतिक्रिया दिनुहोस !