७ पुस २०८२, सोमबार

आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

प्रकाशित मिति :  31 December, 2023 9:20 am


काठमाडौँ । आज तमु ल्होसार गुरुङ समुदायले विभिन्न कार्यकम गरी मनाउदैँ छन् । गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाछन्

‘गुरुङ समुदायमा ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरूङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्।

‘गुरूङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।

गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषामा सजिएर मिठा परिकार खाएर नयाँ वर्षलाई स्वागत गर्दछन् । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।



प्रतिक्रिया दिनुहोस !