७ पुस २०८२, सोमबार

आजदेखि सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

प्रकाशित मिति :  1 January, 2024 12:42 pm


काठमाडौँ । सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि बुटवल-पाल्पा खण्ड आजदेखि फागुन ७ गतेसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको हो ।

सुरुङमार्ग आयोजनाका अनुसार सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुनेछ । सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एकरदुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएका कारण राजमार्गको सिद्धबाबा खण्ड बन्द गर्न लागिएको हो ।

यसबिचमा माघे सङ्क्रान्ति पर्वको अवसरमा पुस २९ गते र माघ १ गते सडक बन्द नहुने सिद्धबाबा सुरुङमार्ग आयोजनाले निकालेको सूचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !