२४ बैशाख २०८१, सोमबार

नेता जनार्दन शर्माको कवितात्मक शैलीमा टिप्पणी,‘तिम्रो हेर्दा विवेकमै लकडाउन ! ’

प्रकाशित मिति :  2 May, 2020 2:15 pm


काठमाडाैं, २० वैशाख । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आरोप र प्रत्यारोप जारी छ । सरकारले दल विभाजनलाई सजिलो बनाउने गरि अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद सतमै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष तथा वरिष्ठ नेता माधव नेपाल पक्ष हस्ताक्षर संकलनकै अभियानमा उत्रिएका छन् । स्थिति प्रधानमन्त्रीको राजिनामा मागसम्म पुगेको छ ।

पूर्व माओवादी र पूर्व एमालेबीच सार्वजनिक रुपमै देखिने गरि आरोप प्रत्यारेप चलिरहेको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली मिडियाको चर्को आलोचना मात्रै गरेका छैनन् कविता लेखेर जनतालाई आश्वस्त पार्ने प्रयास गरेका छन् ।

यसैक्रममा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति आलोचना गरिरहेका नेकपाका स्थायी कमिटी सदस्य जनार्दशन शर्माले पनि कवितात्मक शैलीमै असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत कवितात्मक शैलीमा यसरी असन्तुष्टि व्यक्त गरेका छन् :

देशलाई गर्यौ लकडाउन
जनतालाई भन्यौ लकडाउन
भोकाको पेट लकडाउन
श्रमिकको पसिना लकडाउन
रोगीको रोग लकडाउन
किसानको खेती लकडाउन
खयर यति सम्म त ठिकै मानौ
तर मलाई आश्चर्य लाग्छ
तिम्रो हेर्दा विवेकमै लकडाउन ।।

नेता शर्माले पार्टी एकतालाई सुदृढ गर्न, समस्याहरुको पहिचान गरि समाधान गर्न स्थायी कमिटीको बैठक राजनैतिक तथा बिधिगत दृष्टिले समस्याको समाधान गर्ने एक मात्र विकल्प भएको बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !