२१ बैशाख २०८१, शुक्रबार

नेप्सेमा ३६ अंकको वृद्धि, सोनापूर मिनरल्समा लगानीकर्ताको आर्कषण कायमै

प्रकाशित मिति :  8 January, 2024 6:40 pm


काठमाडौ । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ३६.५७ अंकले बढेर २०५९.४९ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये म्यूचअुल फण्ड बाहेक सबै उपसमुहको सेयरमूल्य बढेको छ ।

सोमबार नेप्सेमा कारोबार रकमका आधारमा सोनापूर मिनरल्स एण्ड आयल लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ ।

कम्पनीको २१ करोड ८४ लाख ८२ हजार ८ सय ८० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन नेप्सेमा ४ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

कुल ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २ सय ७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९ सय ६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !