५ जेष्ठ २०८१, शनिबार

काठमाडौँको जडीबुटीमा एक स्पा सेन्टरमा आगलागी

प्रकाशित मिति :  9 January, 2024 11:28 am


सांकेतिक फाेटाे

काठमाडौँ । काठमाडौँको जडीबुटीको एक स्पा सेन्टरमा आगलागी भएको छ । मङ्गलबार बिहान ३ बजेर ५० मिनेटमा भवानी गौतमको घरको पहिलो तलामा आगलागी भएको हो ।

नवीना खत्रीले सञ्चालन गरेको प्रि अप माइन्ड मसाज सेन्टरबाट आगो सल्किएको प्रहरीले जनाएको छ । विद्युत् सट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

२ वटा दमकलको सहायताले सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट करिब २६ लाखको क्षति भएको आकलन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !