५ जेष्ठ २०८१, शनिबार

नेशनल लाइफ इन्स्योरेन्स द्धारा १० लाख रुपैयाँ बिमा दाबी भुक्तानी

प्रकाशित मिति :  10 January, 2024 11:53 am


काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले मृतक बिमित राधेश्याम खड्काको दाबी भुक्तानी गरेको छ । कम्पनीकाे जावलाखेल शाखाले हिजाे (पुस २४) गते १० लाख ४२ हजारको दाबी भुक्तानी गरेको हो ।

कम्पनीले मृतक खड्काले सन् २०२२ मार्च २२ मा १० लाखको बिमा गरी पहिलो किस्ता बापत ८५ हजार ४८५ बुझाएका उनको १ वर्ष नबित्दै ब्रेन हेमरेजका कारण मृत्यु भएको थियाे।

कम्पनीले मृतक बीमितको दाबी भुक्तानी प्रकिया पुरा गराएर मृतककी श्रीमती अम्बिका खड्का र निजको छोरालाई समेत सँगै राखि १० लाख ४२ हजार रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

मृत्तकले अमृतश्री बिमा पाेलिसी गरेकाे उनकाे अभिकर्ता क्रान्ति समालले बताइन्। बिमा पाेलिसीमा अमृतश्री बढी लिइने पाेलिसीमा पर्दछ।



प्रतिक्रिया दिनुहोस !