२४ बैशाख २०८१, सोमबार

कपनमा साताव्यापी मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला हुने

प्रकाशित मिति :  11 January, 2024 6:21 pm


काठमाडौँ। जैविक विविधता दिवसको अवसर पारेर माघ १ गतेदेखि साताव्यापी मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला हुने भएको छ।

काठमाडौँको कपन आकाशेधारास्थित गैह्रीगाउँमा रहेको मौलिक बजार तथा मौलिक भान्छाघरको आयोजनामा मौलिक उत्पादन तथा परिकार मेला हुने लागेको सञ्चालक सुमन दाहालले बताए।

भान्छाघरले बिहीबार पत्रकार सम्मेलन गर्दै माघे संक्रान्ति तथा ७ प्रदेश विशेष परिकार र सांस्कृतिक कार्यक्रमको साथमा सातै प्रदेशका स्थानिय पालिकाको उत्पादनको स्टल र ४२ व्यञ्जनको बुफेट समेत रहने जनाएका छन्। 

नेपालको ७५३ वटै स्थानीय तहका विभिन्न प्रकारका स्थानीयउत्पादनतथा परिकारहरुलाई प्रदर्शनीमा राखी मौलिक उत्पादन प्रवद्र्धन गर्ने, मौलिक उत्पादनतथा परिकारको विविधिकरणगर्दै बजारीकरणमा टेवा पु¥याउने र स्थानीय उत्पादनको आर्थिक, सामाजिक, साँस्कृतिक महत्व र आवश्यकताको बारेमा जानकारी दिने लिने लगायत मेलाको उद्देश्य छन्। 

स्थानीय उत्पादन तथा परिकार ब्रान्डिङ गरी खरिद बिक्री सहज बनाई स्थानीय तहमा युवा तथा महिलाहरुलाई रोजगारी तथा स्वरोजगारिको अवसर सृजना गर्ने तथा स्वदेशमै कृषि उत्पादन अभिवृद्धि तथा विविधिकरण गरि जैविक विविधता संरक्षण, कृषि उत्पादन वृद्धि, पर्यटन प्रवद्र्धन, उद्यमशिलताको विकास गर्दै आयात प्रतिस्थापन गर्दै हाम्रा रैथाने उत्पादन, मौलिक चाडपर्व तथा विशेष परिकारहरुको महत्व बुझाउन मेला फलदायी हुने अपेक्षा गरेको दाहालले जनाए। 

मेलामा १५ भन्दा बढी स्थानीय तहहरुसंगको सहकार्यमा स्थानिय पालिकाको उत्पादनको स्टल राखिने भएका छन् । आगन्तुकहरुलाई १ सेट रैथाने परिकार निःशुल्क चाख्न पाउनेव्यवस्था गरिने छ । रैथाने परिकार ५० प्रतिशत छुटमा उपलब्ध गराइने भएको छ।

माघे संक्रान्तिका परिकारमा तिलको लड्डु्, चाकु, घ्यु र तेल, खिचडी, बारा, फापरको फुरौला, सख्खरखण्ड, पिडालु, फर्सी लगायत रहने छन्। “परम्परागत सीपमा आधारित रैथाने र स्थानीय कृषि उत्पादन अभिवृद्धि र परिकारको विविधिकरण एवं प्रवद्र्वनका लागी विभिन्न सरकारी निकायहरुसँग समेत सहकार्य गर्ने गृह कार्य भइरहेको छ,” दाहालले भने। 

मेलामा कोशी प्रदेशको किनेमा र याङ्गबेन (राई, लिम्बुको विशेष खाना), मधेश प्रदेशको भक्का र बगिया (तराई मधेशको विशेष खाना), बाग्मती प्रदेशको योमरी र मासको बारा (नेवार जातीको विशेष खाना ), गण्डकी प्रदेशको पोखरेली खीर र सेलरोटी (गण्डकी प्रदेश विशेष खाना), लुम्बिनी प्रदेशको खिचडी र ढिकृी –थारु जातीको विशेष खाना), कर्णाली प्रदेशको मार्सीको कसार र खाना सेट (कर्णाली प्रदेश विशेष खाना) र सुदुरपश्चिम प्रदेशको माडा र रोटा (सुदुरपश्चिम प्रदेश विशेष खाना) खान पाइने भएको छ। 

परम्परागत सीपमा आधारित ढिकी, जातो, घट्ट ठेकी लगाएतको प्रत्यक्ष आवलोकन गर्न पाइने व्यवस्था गरिने जनाइएको छ । 

‘बसे पनि शहर, गाउँ कैँ खाने रहर, स्वादका लागीभन्दा स्वास्थ्यका लागि खाऔँ’ नाराकासाथ आकाशेधारामा मौलिक बजार तथा मौलिक संग्राहालय साथै देशभित्रका मौलिक चाडपर्व, संस्कृति र रैथाने परिकारको प्रवद्र्धन गर्न ७ प्रदेश विशेष मौलिक परिकार तथा चौरासी व्यञ्जनको मेनु सहित मौलिक भान्छाघर तथा सांस्कृतिक हल समेतको मौलिक परियोजना सञ्चालनमा ल्याइएको छ।



प्रतिक्रिया दिनुहोस !