१६ बैशाख २०८१, आइतबार

शनिवारको मौसमः तराईमा हुस्सु, सूदुरपश्चिम र कर्णालीमा आंशिक बदली

प्रकाशित मिति :  13 January, 2024 8:59 am


काठमाडौँ । शनिवारको मौसम सामान्यतया रफा रहने मौसम पूर्वामानुमान विभागले जनाएको छ ।

विभागका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

शनिवार बिहान तराईका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

राती गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।



प्रतिक्रिया दिनुहोस !