१६ बैशाख २०८१, आइतबार

माघे सङ्क्रान्तिको माैसमः तीन प्रदेशमा पानी, हिमाल र उच्च पहाडमा हिँउ, तराईका हुस्सु लाग्ने

प्रकाशित मिति :  15 January, 2024 7:29 am


काठमाडौँ। आज माघे माघे सङ्क्रान्तिको दिन कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।  

तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लागेको हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने  अनुमान छ।

चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेकोछ। 



प्रतिक्रिया दिनुहोस !