१६ बैशाख २०८१, आइतबार

हाइब्रिड मकै बिउ उत्पादन तथा खेती प्रविधि सम्बन्धी तालिम सम्पन्न

प्रकाशित मिति :  18 January, 2024 9:34 am


काठमाडौँ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमको आयोजनामा हाइब्रिड मकै बिउ उत्पादन तथा खेती प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ।

गत पुस २६ देखि माघ ३ गतेसम्म चितवनमा चलेको हाइब्रिड मकै बिउ उत्पादन तथा खेती प्रविधि सम्वन्धि आवासीय कृषक तालिम” कार्यक्रममा देशको ७ वटै प्रदेशका २४ जिल्लाबाट ३० जनाको सहभागिता थियो।

हरुबाट प्रतिस्पर्धाको आधारमा व्यक्तिगत कृषि फर्मबाट २१ जना र बिभिन्न बीउ उत्पादक कम्पनीहरुबाट ९ जना गरी कृषकहरु छनौट भएका थिए। जसमध्ये ७ जना महिला र २३ जना पुरुषहरु रहेका थिए।

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका संयोजक डा.राजेन्द्र दराईको सभापतित्वमा भएको समापन कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का कार्यकारी निर्देशक डा. ध्रुब राज भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

संयोजक डा. राजेन्द्र दराई ज्यूले किसानको समस्यामा आधारित प्रविधि तथा जातीय विकासका लागि सिङ्गो मकैबाली परिवार एकचित्त भएर लागि परेको बताउदै मकै बालीको बीउ उत्पादनमा संलग्न कृषकहरुको प्राविधिक सल्लाह सुझावका लागि मकैबालीका वैज्ञानिकप्राविधिकहरु सदैव तत्पर रहने जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस !