६ जेष्ठ २०८१, आइतबार

आइतवार चार प्रदेशमा उच्च पहाडमा र हिमालमा हिउँ पर्ने, तराईमा हुस्सु लाग्ने

प्रकाशित मिति :  28 January, 2024 7:42 am


काठमाडौँ। आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ।

मौसम प्रतिकूलताको असर तथा चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले अुनरोध गरेको छ।

मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली बारे बुझ्न यहाँ क्लिक गर्नुहोला।



प्रतिक्रिया दिनुहोस !